धनगढी १ असोज । नेकपा एकीकृत समाजवादीका दुई जना सुदूरपश्चिम प्रदेशको मन्त्री बन्ने भएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्ट उनीहरुलाई आजै साँझ मन्त्री नियुक्त गर्न लागेका हुन् । नेकपा एसबाट प्रदेश सांसदद्धय तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री बनाउन लागिएको हो ।
अहिले केहि बेरमा नै दुवै मन्त्रीलाई पद तथा गोपनियताको सपथ दिने तयारी भएको जनाइएको छ । सुदुरपश्चिममा हाल माधव नेपाल नेतृत्वको नेकपा एसको बहुमत रहेको छ ।
यस प्रदेशमा १४ सांसद नेकपा एसका रहेका छन् ।