आईसीसी विश्वकप क्रिकेट लिग–२, नेपालको खराब प्रर्दशन , चलेका ब्याट्सम्यान रोहीत २ रनमै आउट — OSNepal

आईसीसी विश्वकप क्रिकेट लिग–२, नेपालको खराब प्रर्दशन , चलेका ब्याट्सम्यान रोहीत २ रनमै आउट

LC (KTM) September 17, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले खराब प्रर्दशन गरेको छ । अमेरिका र नेपाल बीचको खेलमा अहिले नेपालको ३ विकेट झरेको छ ।

अमेरिकाले टस जितेर फिल्डिंग रोजेपछि नेपालले अहिले ब्याटिंग गरिरहेको छ । अल अमिरात क्रिकेट मैदानमा ओपनिंग ब्याट्सम्यानको रुपमा आएका कुशल भुर्तेल र आशिफ शेख आउट भए।

त्यस्तै अघिल्ला खेलमा राम्रो स्कोर बनाउन सफल भएका रोहीत पौडेल पनि आउट भएका छन् । उनले २ रन बनाएर आउन भए । यो समाचार तयार पार्दा सम्मको अवस्थामा नेपालले १६ ओभरमा ३ विकेटको क्षतीमा ६४ रन बनाएर खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर