काठमाडौँ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन असोज ५ गते हुँदै — OSNepal

काठमाडौँ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन असोज ५ गते हुँदै

LC (KTM) September 17, 2021 0

काठमाडौं १ असोज । नेपाली कांग्रेसको काठमाडौंको वडा अधिवशेन असोज ५ गते हुने भएको छ ।

जिल्ला सभापति सबुज बानियाँको अध्यक्षतामा शुक्रबार बसेको बैठकले अधिवेशनको प्रक्रियामा प्रवेश गरेको जनाएको हो । काठमाडौं महानगरसहितका ११ वटा नगरपालिकाका गरी काठमाडौ जिल्ला भरि १३८ वडा रहेका छन् ।

यी सबै वठामा असोज ५ गते नै अधिवेशन हुने भएको छ । भोली शनिबार नै सबै वडामा निर्वाचन अधिकृत खटिनेगरी काम थालेको नेपाली कांग्रेस काठमाडौंले जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत नरहरि आचार्य नेतृत्वमा लोकतान्त्रिक कानुन व्यवसायी संघ र शिक्षक संघको टोली खटिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर