काठमाडौंमा आज पनि ह्वात्तै घटे कोरोना संक्रमित — OSNepal

काठमाडौंमा आज पनि ह्वात्तै घटे कोरोना संक्रमित

LC (KTM) September 17, 2021 0

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६६५ नमुनाको पीसीआर टेष्ट गर्दा १ हजार ८६ र ३ हजार ७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जना गरी १ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्य आज काठमाडौं उपत्यकामा ३९७ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंका २७४ , ललितपुरका ७० र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै काठमाडौं उपत्यकामा ६४४४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५५२, भक्तपुरमा १०६८ र ललितपुरमा १८२४ सक्रिय संक्रमित छन्। यो सँगै नेपालमा हाल सम्म कोरोना संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै हाल सम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ ।यसैगरी, पछिल्लो २४ घण्टामा १० जना कोरोजना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा ११ हजार १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर