लमजुङका भूकम्पपीडितलाई पाल, त्रिपाल र आर्थिक सहयोग हस्तान्तरण — OSNepal

लमजुङका भूकम्पपीडितलाई पाल, त्रिपाल र आर्थिक सहयोग हस्तान्तरण

LC (KTM) May 21, 2021 0

लमजुङ – बुधबार र बिहीबारको भूकम्पको धक्काबाट घर भत्किएका बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले पाल, त्रिपाल र आर्थिक सहयोग गरेको छ । बेँसीशहर नगरपालिका वडा नं ११ चिती र दोर्दी गाउँपालिका वडा नंं ८ बन्सारका बासिन्दालाई उक्त सहयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण लमजुङका प्रमुख सूर्यप्रसाद शर्मालगायतको टोलीले अनुगमन गर्दै भूकम्पपीडितलाई उक्त सामग्री हस्तान्तरण गरेको छ ।

मस्र्याङ्दी गाउँपालिका वडा नं ८ भुलभुले केन्द्रविन्दु बनाई बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । सोयता पटक पटक गएको भूकम्पको धक्काले जिल्लाका २०८ घरमा क्षति पुगेको जिप्रकाले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् । हालसम्म पनि पटकपटक भूकम्पको धक्का जारी छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर