विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दामा केन्द्रित गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले विद्यार्थीहरुलाई त्यसैमा केन्द्रित हुन अर्थमन्त्री शर्माको आग्रह — OSNepal

विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दामा केन्द्रित गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले विद्यार्थीहरुलाई त्यसैमा केन्द्रित हुन अर्थमन्त्री शर्माको आग्रह

LC (KTM) September 17, 2021 0

काठमाडौँ १ असोज । अर्थमन्त्री जनार्दन शर्माले युवाहरुलाई उत्पादनसँग जोडेर मात्र मुलुकको आर्थिक बृद्धि सम्भव रहेको बताएका छन् ।

आज शुक्रबार काठमाडौंमा आयोजित अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कार्यक्रममा उनले राज्यलाई जनताप्रति जिम्मेवार बनाउदै लैजाने नीति सरकारले ल्याएको भन्दै जनताको समस्या बुझ्न राज्य जिम्मेवार बन्दै जाने नीति ल्याएको बताएका छन् ।

त्यस्तै देशको परिर्वतनको लागि आफ्नो जीवनको बलिदान दिने गरीब घरपरिवारलाई एक पटकका लागि १० हजार रुपैंया दिने सरकारले निणर्य गरेको उनले बताएका छन् ।

त्यसैगरी ,विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दामा केन्द्रित गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले विद्यार्थीहरुलाई त्यसैमा केन्द्रित हुनलाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर