नदीजन्य पदार्थ उत्खननमा पुनः रोक — OSNepal

नदीजन्य पदार्थ उत्खननमा पुनः रोक

LC (KTM) September 17, 2021 0

झापा, १ असोज – मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो । विगतका वर्षमा नगरपालिकाले असार, साउन र भदौ महिनामा मात्र सो कार्यमा रोक लगाउँदै आएको

नगरपालिका क्षेत्र भएर बग्ने मेची, हडिया, निन्दा र टिमाई नदीको नदीजन्य पदार्थ ठेक्का लाग्ने प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म वडा कार्यालयलाई उत्खनन गर्न नगराउन जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताउनुभयो । उहाँले नदीजन्य पदार्थ उत्खनन नभए नभएबारे अनुगमन गर्न १५ वटै वडा कार्यालयसहित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र धुलाबारीलाई समेत आग्रह गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर