पोर्नाेग्राफी केस : शिल्पा शेट्टीको बयान लाई लक्षित गर्दै शर्लिन् चोपडा भन्छिन्– यसलाई भनिन्छ ऐडा बनेर पेडा खानु — OSNepal

पोर्नाेग्राफी केस : शिल्पा शेट्टीको बयान लाई लक्षित गर्दै शर्लिन् चोपडा भन्छिन्– यसलाई भनिन्छ ऐडा बनेर पेडा खानु

LC (KTM) September 17, 2021 0

पोर्नाेग्राफी केसमा यतिबेला बिजनेसम्यान राज कुन्द्रा यतिबेला जेलमै रहेका छन् । अश्लिल फिल्म बनाएर ओटीटी प्लाटफर्ममा बेचेको आरोप उनलाई लागेको छ । यस केसमा शिल्पा शेट्टीले मुम्बई क्राइम ब्रान्चमा आफ्नो बयान दिएकी छिन् । शिल्पाले आफ्नो बयानमा राज कुन्द्राको बिजनेसको बारेमा आफुलाई केही थाहा नभएको दाबी गरेकी छिन् ।

उनले बयानमा आफुले राज संग कहिल्यै पनि बिजनेसको बारेमा नसोधेको तथा राजले नै उनलाई न केही कुरा गरेको भनेकी छिन् । उनले राज आफ्नै काम ब्यस्त रहने गरेको बताएकी छिन् । शिल्पाको यो बयानमा अभिनेत्री शर्लिन चोपडाले प्रतिक्रिया जनाएकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेकी छिन् ।

यीनै अभिनेत्री जसले राज कुन्द्राको बिरुद्धमा कैयौ बयान दिएकी छिन् । शर्लिनले शेयर गरेको भिडियोमा भनेकी छिन्– केही मिडिया रिर्पाेटका अनुसार , दीदीको यो भनाई छ कि उनलाई आफ्नो पति देवको यस्तो क्रियाकलापका बारेमा कुनै जानकारी थिएन । साथै दीदीको यो भनाई छ कि उनको पति देवको चल अचल सम्पत्तिको पनि स्त्रोत जानकारी नै थिएन ।

अब यस कुरा कत्तिको साँचो हो यसको अनुमान तपाईहरु आफै लगाउन सक्नु हुन्छ । साँचि यसलाई के पो भन्छ…..ऐडा बनेर पेडा खानु । शर्लिन चोपडाले आफ्नो बयानमा भनेकी थिईन् कि राजले नै द शर्लिन चोपडा एप नाम बाट एप्लिकेशन बनाउनका लागि फर्म आम्र्सप्राइम मीडिया प्राइभेट लिमिटेड संग एक संझौता पत्रमा साइन समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर