देउवाले बोलाए गृहजिल्ला डडेलधुरामा भएको वडा अधिवेशनको विषयमा छलफल गर्न पौडेल पक्षलाई — OSNepal

देउवाले बोलाए गृहजिल्ला डडेलधुरामा भएको वडा अधिवेशनको विषयमा छलफल गर्न पौडेल पक्षलाई

LC (KTM) September 17, 2021 0

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो गृहजिल्ला डडेलधुरा भएको वडा अधिवेशनको विषयलाई लिएर छलफल गर्न पौडेल–कोइराला पक्षलाई बैठकमा बोलाएका छन् ।

सभापतिको जिल्लामा नै प्रहरी लगाएर वडा अधिवेशनको भएको भन्दै पौडेल पक्षले आपत्ती जनाएपछि देउवाले पौडेल–कोइराला समूहमा रहेका नेताहरूलाई बैठकमा बोलाएका हुन् ।

बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बस्ने भएको छ ।

बैठकमा सहभागी हुने एक नेताले भने, “गत २४ गतेको बैठकमा सभापति देउवाले २५ गतेको वडा अधिवेशन रोकेर केही दिनपछि गराउँछु भन्नुभएको थियो, तर उहाँले अधिवेशन रोक्नुको साटो सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि सुरक्षाफौज मगाएर अधिवेशन गराउनुभयो, हामीले निर्वाचन समितिसँग पनि गम्भीर विमति राखिसकेका छौँ, सभापति देउवासँग पनि त्यो विमति राख्नेछौँ ।”

बिहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिसँगको छलफलपछि पत्रकारसँग महामन्त्री कोइरालाले भनेका थिए , ‘कांग्रेसको ७५ वर्षे इतिहासमा प्रहरी प्रशासनको बलमा कहिल्यैपनि र कहीँपनि अधिवेशन भएको छैन । सभापतिरप्रधानमन्त्रीकै जिल्लामा यस्तो हुनु दुर्भागयपूर्ण हो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर