एएफसी महिला एसियन कप : खेलाडीको नियमित कोरोना परीक्षण, दर्शकले प्रवेश नपाउने — OSNepal

एएफसी महिला एसियन कप : खेलाडीको नियमित कोरोना परीक्षण, दर्शकले प्रवेश नपाउने

LC (KTM) September 17, 2021 0

काठमाडौं, १ असोज – एएफसी महिला एसियन कप छनोट खेलमा सहभागी टोलीका सदस्यहरूको नियमित पीसीआर परीक्षणको प्रावधान गरिएको छ । यस्तै औपचारिक बैठक, आवतजावतका क्रियाकलापलाई न्यूनीकरण गरिएको छ । अभ्यास समय र खेलका दिनबाहेक कुनै पनि टोलीलाई होटेलको हाता बाहिर जान दिइएको छैन ।

टोलीका अफिसियलहरूका बैठक तथा प्रेससँगको भेटघाटलाई पनि सकेसम्म भर्चुअल आयोजना गरिएका छन् । बिहीबार प्रि–म्याच कन्फरेन्समा सहभागी टोलीका मुख्य प्रशिक्षकहरूले सहभागिता जनाए भने खेलपछिका पत्रकार सम्मेलन पनि कोरोनाभाइरसका कारण आयोजना नगरिने आयोजकले बताएको छ ।

कोरोनाभाइरस कै कारण खेलहरू हेर्न दर्शकहरू आउन पाउने छैनन् । मिडिया सेन्टरको प्रावधान पनि हटाइएको छ।यसैबीच, आफ्नो पहिलो खेलको एक दिन अगाडि नेपाली टोलीले पीसीआर परिक्षणका लागि स्वाबको नमुना दिएका छन् ।

उज्वेकिस्तान पुगेपछि यो नेपाली टोलीको दोश्रो पीसीआर परीक्षण हो । पहिलो परिक्षणमा सबै नतिजा नेगेटिभ आएको थियो । नेपालले समूह एफ मा भोलि फिलिपिन्स र ५ असोजमा हङकङको सामना गर्दै छ । समूहको विजेता भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर