दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले ईपीएल खेल्ने — OSNepal

दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले ईपीएल खेल्ने

LC (KTM) September 17, 2021 0

काठमाडौं, १ असोज – आगामी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता दक्षिण अफ्रिकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले खेल्ने भएका छन् ।

९ असोजबाट सुरु हुने ईपीएल चौंथो संस्करणमा दक्षिण अफ्रिकी लेभी र वेस्ट इन्डिजका विलियम्सले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । लेभी र विलियम्सलाई अनुबन्धन गरिएको पोखरा राइनोजले जनाएको छ ।

चौंथो संस्करणको इपीएल क्रिकेट ९-२३ असोजसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर