५५ दिनको लागि खुल्यो देशभर वडा दशैं र छठ पर्वको लागि सुपथमुल्य पसल ,कुन-कुन ठाउँमा छ सुपथमुल्य पसल ? — OSNepal

५५ दिनको लागि खुल्यो देशभर वडा दशैं र छठ पर्वको लागि सुपथमुल्य पसल ,कुन-कुन ठाउँमा छ सुपथमुल्य पसल ?

LC (KTM) September 17, 2021 0

काठमाडौँ १ असोज । वडा दशैं र छठ पर्वको लागि सरकारले देशैभर सुपथमुल्य पसल सञ्चालनमा ल्याएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा १३ र अन्य मोफसलमा ६२ वटा सुपथ मूलउ पसल सञ्चालनमा आएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान(डिडिसी)सहितको सहभागितामा सञ्चालनमा आएको सुपथ मुल्य पसल उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत रहनेगरी थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक भक्तपुर गरी चार वटा रहेको छ ।

त्यसैगरी, साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय कालीमाटीमा २, कोटेश्वर, सतुंगल, जाउलाखेल र भक्तपुरमा गरेर ६ वटा सहुलियत पसल सञ्चालनमा आएका छन् । त्यस्तै , उपत्यका बाहिर खाद्य कम्पनी अन्तर्गतको ३९ र साल्टको २६ वटा थप सहुलियत पसलहरु सञ्चालनमा आएका छन् ।

आज शुक्रबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीबाट सुपथ मूल्य पसल उद्घाटन वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ५५ दिन सम्म खुल्ने यो सुपथमुल्य पसल शनिबार बाहेक हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालनमा आउने भएको छ ।

साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुनको लागि मात्रै कोटा छुट्टाइएको छ । एक व्यत्तिले ६ किलो नुन र २ किलो मात्रै चिनी किन्न पाउने छ भने अन्य वस्तु चाहेको जति किन्न पाइने छ ।

सुपथमुल्य पसलमा हरेक सामानमा अन्य पसलमा भन्दा २ देखि १० रुपैयाँ सम्म रुपैँया कम हुने सरकारले जनाएको छ ।

खाद्य र साल्टको दुवै पसलहरुमा नुन प्रतिकिलोमा दुई रुपैयाँ, चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर