यस्तो अबस्थामा फेला परिन अभिनेत्री कैट्रीना कैफ, तस्विरको चौतर्फि चर्चा — OSNepal

यस्तो अबस्थामा फेला परिन अभिनेत्री कैट्रीना कैफ, तस्विरको चौतर्फि चर्चा

LC (KTM) September 17, 2021 0

बलिउड अभिनेत्री कैट्रीना कैफ लाई बलिउड उद्योगमा बार्बी डलको रुपमा चिनिन्छ । फिटनेसमा एकदमै ध्यान दिने कैट्रीनाले आफ्नो सुन्दरताले सबैलाई लट्ठ बनाउने गरेका छन् ।

कैट्रीना कैफ अहिले आफ्नो बहुप्रतिक्षित फिल्म टाइगर ३ को शुटिंगमा ब्यस्त रहेकी छिन् । शुटिंगको ब्यस्तताका बीच समय निकालेर उनी सुपरमार्केटमा ग्रोसरी शपिंगको लागि पुगेकी छिन् ।

जसको भिडियो उनले आफ्नो इन्ष्टाग्राम स्टोरीमा शेयर गरेकी छिन् । उनी यो भिडियोमा अलग अलग ठाउँमा ग्रोसरी खरीदका लागि चेकआउट गरिरहेको देख्न सकिन्छ ।

भिडियोमा कैट्रीना कैफ पिंक कलरको हुडी लगाएको क्याजुअल लुक्समा देखिएकी छिन् । जसलाई उनले ब्लु डेनिमको साथमा पेयर अप गरेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा उनको यो भिडियो एकदमै तिब्र रुपमा भाईरल भइरहेको छ । आफ्नो मन पर्ने हिरोइनले शपिंग गरिरहेको भिडियो देखे पछि उनका फ्यानहरु एकदमै खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर