सत्तापक्षका प्रदीप पौडल भन्छन् -वर्तमान राजनीतिक गतिरोध फुकाउन दलहरुको सहमतिमा तत्काल चुनावमा जानुपर्छ — OSNepal

सत्तापक्षका प्रदीप पौडल भन्छन् -वर्तमान राजनीतिक गतिरोध फुकाउन दलहरुको सहमतिमा तत्काल चुनावमा जानुपर्छ

LC (KTM) September 17, 2021 0

काठमाडौं असोज १ । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जतिसक्दो चाँडो निवार्चनमा जानुपर्ने बताएका छन् ।

आज बिहान एक कार्यक्रममा सहभागी भएका उनले राजनीतिक गतिरोध बढ्दै गएकाले दलहरुको सहमतिमा तत्काल चुनावमा जानुपर्ने बताएका हुन् ।

‘गठबन्धन सरकार बने पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । त्यसैले जनताको आशा जाग्ने गरी काम हुन सकेको छैन । सरकारको प्रभावकारिता भएन भने निर्वाचनमा सोझै असर गर्छ । गठबन्धनभित्र सहमति हुन नसकेका कुरा पनि छन् । संसद् अवरुद्ध छ या बजेटबारे समझदारी हुन सकेको छैन । यो खालको राजनीतिक गतिरोध फुकाउन तत्काल निर्वाचनको विकल्प छैन । अब निर्वाचन नै निकास हो ।’ कार्यक्रममा उनले भने ।

साथै उनले पार्टीको अधिवेशन कुनै पनि हालतमा नरोकिने बताएका छन् । ५७ जिल्लामा वडा अधिवेशन भइसकेको १३ जिल्लाको पनि क्रियाशील सदस्यता नामावली आइसकेको बताएका छन् ।

उनले अघि भने ,’अहिले म क्रियाशील सदस्यता छानबिन समितिमा रहेर सचिवालयलाई सहयोग गरिरहेको छु । असोज ५ मा वडा अधिवेशन सकिएपछि उम्मेद्वारी घोषणा गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर