नेत्रविक्रम चन्द (विप्लव) नेकपाको एक साता लामो केन्द्रीय समितिको बैठक बस्दै यस्तो छ बैठकको एजेण्डा — OSNepal

नेत्रविक्रम चन्द (विप्लव) नेकपाको एक साता लामो केन्द्रीय समितिको बैठक बस्दै यस्तो छ बैठकको एजेण्डा

LC (KTM) September 17, 2021 0

काठमाडौं १ असोज । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

एक साता सम्म हुने केन्द्रिय समितिको बैठक तनहुको बन्दीपुरमा सुरु हुने जनाइएको छ । उक्त बैठकमा महासचिव विप्लवले राजनीतिक र सांगठनिक प्रस्ताव पेश गर्ने भएका छन् ।

प्रवक्ता खडकवहादुर विश्वकर्मा प्रकाण्डले दिएको जानकारी अनुसार एक साता सम्म चल्ने बैठकमा राजनीतिक र सांगठनिक प्रस्ताव पेश हुनेछ । साथै अहिलेको राजनीतिक परिस्थिति र अबको रणनितिको विषय वस्तुमा समेत छलफल गरिने बताइएको छ ।

साथै तत्कालिन केपी ओली सरकारको समय भएको सम्झौता र त्यसको कार्यान्वयनबारे छलफल हुने प्रकाण्डले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर