हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्दै गफले होइन व्यवहारले पुष्टी गर्नेछौं : माधव नेपाल — OSNepal

हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्दै गफले होइन व्यवहारले पुष्टी गर्नेछौं : माधव नेपाल

LC (KTM) September 17, 2021 0

काठमाडौं १ असोज । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले तत्काल कुनै पार्टीसँग पनि एकता नगर्ने बताएका छन् ।

आज शुक्रबार पार्टी केन्द्रिय कार्यालय उद्घाटन पनि अध्यक्षको पदभार ग्रहण गर्दै नेपालले यस्तो खुलासा गरेका हुन् ।

अगामी चुनावसँग पाँच दलीय गठबन्धनलाई निरन्तरता बताएका नेपालले चुनावमा सत्तारुढ गठबन्धन मिलेर एमालेविरुद्ध जाने समेत बताएका छन् ।

पदभार ग्रहण गरेसँगै पत्रकाहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले अब आफ्नो पार्टीले सरकारको भुमिका निवार्ह गर्ने भन्दै प्रदेश १ र वाग्मती प्रदेशमा आफ्नो सरकार बन्ने पनि बताएका छन् ।

उनले भने, ‘हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौं । हामी गफबाट होइन, व्यवहारले पुष्टी गर्नेछौं । हामी यथार्थ कुरा गर्नेछौं, जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दैनौं ‘।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर