काठमाडौं १ असोज । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले अबको एक सातामा गठवन्धन सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।
आज शुक्रबार काठमाडौंको मीनभवनमा नेकपा एसको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो जानकारी दिएका हुन् ।
वर्तमान सरकारमा जान आफु आजै भने आजै भोली भने भोली नै जान तयार भएको बताएका उनले आफु प्रधानमन्त्री भएको भए भएका यही दिननै मन्त्रिपरिषद्ले विस्तार पाउँछ भनिदिन्थे भन्दै आशा गरौँ यो हप्ताभित्र यो सरकारले पुर्णता पाउँनेछ नेपालले पत्रकारहरुसँगको कुराकानीमा भने ।