धितोपत्र बोर्डद्वारा शेयर मूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति नदिन चेतावनी — OSNepal

धितोपत्र बोर्डद्वारा शेयर मूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति नदिन चेतावनी

LC (KTM) May 21, 2021 0

काठमाडौं, जेठ ७। नेपाल धितोपत्र बोर्डले नेप्से परिसूचक वा सूचीकृत संस्थाको शेयरमूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति नदिन सम्वद्ध सवैलाई सचेत गराएको छ ।

बोर्डले बिहीवार जारी गरेको विज्ञप्तिमा केहि व्यक्ति वा समूहले कुनै कम्पनीको शेयरमूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति दिने गरेको पाइएको भन्दै यस्तो कार्य तत्कालै रोक्न भनेको छ ।आर्थिक अभियान दैनिकबाट

बोर्डले भनेको छ, ‘विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरीद गर्न वा विक्री गर्न तथा विभिन्न सेशेयरहरु खरीद वा विक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको देखिएको छ, त्यस्तो कार्य नगर्न र नगराउन सबै सम्वद्ध पक्षहरुलाई सूचनामार्फत् सूचित गरिएको छ ।’

बोर्डले सञ्चार माध्यम वा सामाजिक सञ्जालमा शेयर किनबेच गर्न उक्साउने योजना अनुसार अभिव्यक्ति नदिन भन्दै दिइएको पाइए धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गर्ने पनि चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर