चीनबाट थप ४४ लाख खोप आउँदै, नेपाली विमान बेइजिङमा — OSNepal

चीनबाट थप ४४ लाख खोप आउँदै, नेपाली विमान बेइजिङमा

LC (KTM) September 17, 2021 0

काठमाडौं, १ असोज- सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको भेरोसेल खोप काठमाडौं आउँदैछ । स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए ।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

खोप आएलगत्तै तुरुन्तै लाउन सुरु गरिने डाक्टर दाहालले बताए । ‘हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले न्युज कारखानासँग भने ।

हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर