२४ घण्टामा गण्डकीमा १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि , चार जनाको मृत्यु — OSNepal

२४ घण्टामा गण्डकीमा १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि , चार जनाको मृत्यु

LC (KTM) September 17, 2021 0

गण्डकी – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ९६३ जनाको कोरोना परीक्षण गरिएकामा सबैभन्दा बढी कास्कीका १०३, नवलपरासी पूर्व र स्याङ्जाका नौ÷नौ, तनहुँका सात, लम्जुङका छ, पर्वतका दुई र बाग्लुङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा चार जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतली बजार नगरपालिका–८ का ४९ वर्षीय र चापाकोट नगरपालिका–३ का ८१ वर्षीय पुरुष हुनुहुन्छ । त्यस्तै बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–५ का ५३ वर्षीय पुरुष र कास्कीको रुपा गाउँपालिका–४ का ९० वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यस अवधिमा प्रदेशमा २५२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक हजार ३२१ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर