आईसीसी विश्वकप क्रिकेट लिग–२ , अमेरिका संग नेपालले भोली फेरी भिड्दै — OSNepal

आईसीसी विश्वकप क्रिकेट लिग–२ , अमेरिका संग नेपालले भोली फेरी भिड्दै

LC (KTM) September 16, 2021 0

नेपालले भोली आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको तेस्रो खेल खेल्दैछ । नेपालले भोलि आफ्नो तेस्रो खेलमा फेरी अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले यसअघि अमेरिका लार्य पहिलो खेलमा हराएको थियो ।

दोस्रो खेलमा भने ओमान संग ५ विकेटले पराजित हुन पुगेको थियो । अल अमिरात क्रिकेट मैदानमा भोली दिउँसो सभा ४ बजे हुने अमेरिका संगको खेलमा नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैछ ।

अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल अर्को जितको खोजीमा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ । लिग टु अन्तर्गत नै नेपालले २०२० मा घरेलु मैदानमा अमेरिकालाई दुई खेलमा हराएको थियो ।

तर, मंगलबार भएको खेलमा नेपाल घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित हुन पुग्यो । ओमान संगको खेलमा बलर र ब्याट्सम्यान दुबै चम्किन नसक्दा नतिजा ओमानलाई सुम्पनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर