कोहलीले छोडे टि ट्वान्टीको कप्तानी — OSNepal

कोहलीले छोडे टि ट्वान्टीको कप्तानी

LC (KTM) September 16, 2021 0

क्रिकेटर विराट कोहलीले टी ट्वान्टी टिमको कप्तानी छोडेको घोषणा गरेका छन् । कोहलीले आज सामाजिक संजालबाट टी ट्वान्टी टिमको कप्तानी पद छोडेको घोषणा गरेका हुन् । तर उनले युएई र ओमानमा आयोजना हुने टी ट्वान्टी विश्वकप सम्म भने कप्तानी सम्हाल्ने बताएका छन् ।

त्यस पछि मात्र आफुले टी ट्वान्टीको कप्तानी छोड्ने बताएका हुन् । उनले ३ वटै फम्र्याटको भारतीय क्रिकेटको कप्तानी गरिरहेका थिए । अब उनको यो घोषणा संगै उनले एकदिवसीय र टेस्ट टिमको मात्र कप्तानी गर्ने छन् । उनले छोडे पछि अब रोहित शर्माले टी ट्वान्टीको कप्तानी गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर