महिला टोलीले क्षमता देखाउने बेला आयो- मुख्य प्रशिक्षक ग्यारी फिलिप्स — OSNepal

महिला टोलीले क्षमता देखाउने बेला आयो- मुख्य प्रशिक्षक ग्यारी फिलिप्स

LC (KTM) September 16, 2021 0

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एसियन कपको छनोट नेपालका लागि क्षमता देखाउने एउटा राम्रो अवसर रहेको बताएका छन् । उनले अब महिलाहरुले आफ्नो क्षमता देखाउने बेला आएको प्रतिक्रिया दिएका छन् ।

आज पत्रकार सम्मेलनमा बोल्दै फिलिप्सले यो छनोट खेल महिला फुटबलको प्रवर्द्धनका लागि राम्रो अवर रहेको बताए । त्यस्तै उनले आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा छनोट खेल रहेको बताए ।

नेपाली महिला टिममा नयाँ खेलाडीको आगमनले एउटा नयाँ जोश र उर्जा टिममा थपिएको भन्दै खेलाडीको मनोभावनालाई उकास्ने काम गरेका थिए । फिलिप्सले राम्रो खेल प्रर्दशन गर्नेमा आफु एकदमै बिश्वस्त रहेको बताएका छन् ।

नेपाल छनोट प्रतियोगिता खेल्न उज्वेकिस्तानको ताश्केन्त पुगेको छ । नेपाल रहेको समूह एफमा फिलिपिन्स र हङकङ पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर