प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दज्र्यानी चिह्न प्रदान — OSNepal

प्रधानसेनापति शर्माद्वारा रथी कार्कीलाई दज्र्यानी चिह्न प्रदान

LC (KTM) September 16, 2021 0

काठमाडौँ, ३१ भदौ- प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति हुनुभएका बालकृष्ण कार्कीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा कार्कीलाई रथीको दज्र्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही भदौ २९ गतेको बैठकले उहाँलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी कार्कीलाई बलाध्यक्षमा नियुक्ति गरी निमित्त बलाधिकृतको जिम्मेवारीसमेत दिइएको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर