काठमाडौ । कोरोना सङ्क्रमणका कारणले हालसम्म तीन चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सङ्क्रमणबाट कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिनुभयो ।
मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म सङ्क्रमबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको छ ।