प्रचण्डपथ आकाशमा उडेको विमान हो जुन सानो सानो हुँदै जाँदा जाँदै हराउँछ : ओली — OSNepal

प्रचण्डपथ आकाशमा उडेको विमान हो जुन सानो सानो हुँदै जाँदा जाँदै हराउँछ : ओली

LC (KTM) September 16, 2021 0

काठमाडौं ३१ भाद्र । पुर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा विलय हुने दिशातर्फ अगाडी बढेको बताएका छन् ।

आकाशमा उडेको विमान जस्तै प्रचण्ड पनि सानो सानो हुँदै जाने टिप्पणी गरेका छन् । आज आयोजित पार्टीको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा अध्यक्ष ओलीले भनेका छन् , ‘प्रचण्डलाई थाहा भइसक्यो यात्रा सानो सानो हुँदै जान्छ,’ जाँदा जाँदै हराउँछ, प्रचण्डपथ त्यही हो ।’

प्रचण्ड पथमा जानेलाई ओलीले प्रचण्डको लहडको भरमा पछी नलाग्न भन्दै पार्टीका कार्यकर्तालाई पार्टीको कार्यकर्ता कि प्रचण्डको घरेलु कार्यकर्ता भन्दै प्रश्न गरेका छन् । सरकार बनेको दुई महिना पुगी सक्दा पनि नेपाल प्रचण्डले मन्त्री दिन नसकेको भनी आलोचना समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर