नेपाललाई झिंगाको संकेत गर्दै ओलीले भने-झिंगाको पछि लागेर फूलबारी पुगिँदैन — OSNepal

नेपाललाई झिंगाको संकेत गर्दै ओलीले भने-झिंगाको पछि लागेर फूलबारी पुगिँदैन

LC (KTM) September 16, 2021 0

काठमाडौं ३१ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई झिंगाको संकेत गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्षले ओलीले झिंगाको पछि लागेर फूलबारी पुगिँदैन भन्दै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा गएका नेता कार्यकर्तालाई फर्किन आग्रह गरेका हुन् ।

‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपालले अलमल्याएका, झुक्याएका, भ्रममा पारेका साथीहरु फर्किनुस् पार्टीमा । कार्यकर्ताहरु फर्किनुस् । झुक्किएका साथीहरु फर्किनुस्,’ ओलीले भने ।

मौरीको संगत लागेर गयो भने फूलबारी पुगिन्छ भनेका ओलीले झिंगाको पछि लागे फोहोरको डंगुरमा पुगिने भन्दै ओलीले कार्यक्रममा भने , ‘मौरीका पछि लाग्नुस् । नेकपा एमाले भनेको मौरीको गोलो हो ’ ।

घरमा आगो लगाएर खरानी धसेर तन्नम् भएर, तीर्थयात्रामा हिँडेका नेपाललाई केहि नभन्ने बताएका ओलीले नेपालको व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत स्वार्थ, व्यक्तिगत इगो, व्यक्तगत अहंकार, ईर्ष्याभाव, कुण्ठा र त्यसबाट ग्रसित भएर अनेकका जिन्दगीसँग खेल्नुभो, त्यो चाँही , बहुतै डरलाग्दो भएको ओलीले बताएका छन् ।

नेपालको कारण आफ्नो भविष्य खेर नफल्न भन्दै ओलीले सबै नेता कार्यकर्ताहरुलाई पार्टीमा आउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर