आज कोरोना लाग्ने भन्दा निको हुने धेरै, ११ जनाले गुमाए ज्यान — OSNepal

आज कोरोना लाग्ने भन्दा निको हुने धेरै, ११ जनाले गुमाए ज्यान

LC (KTM) September 16, 2021 0

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण गर्दा एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोही अबधीमा एक हजार ६८९ संक्रमितले कोरोना जितेका छन् ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, काठमाडौं उपत्यकामा थप ४३० कोरोना संक्रमित थपिएका छन्। जसमध्य काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर