काठमाडौं-भारतका केही नागरिकहरु खोप लगाउनकै लागि पर्यटक बनेर रूस पुगेका छन् । जानेहरु अधिकाशं डाक्टर रहेको बताइएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार कोरोनाविरुद्धको ‘स्पुतनिक–भी’ खोप लगाउन पाइने भएपछि भारतीय नागरिकहरु रूस जान थालेका हुन् । ट्राभल एजेन्सीले प्याकेज नै घोषणा गरेर रुस पु¥याउँदै आएको बताइएको छ ।
ट्राभल एजेन्सीले १ लाख ३० हजार भारतीय रुपैयाँमा २४ दिन रूस भ्रमणको प्याकेज ल्याएको छ, जहाँ रूसी भ्याक्सिन ‘स्पुतनिक–भी’को दुई डोज लगाउने र बाँकी दिनमा केही ठाउँको अवलोकन गर्ने कार्यक्रम अनुसार धेरै भारतियहरु खोप लगाउन रुस पुगेका हुन् ।
सोही प्याकेजमार्फत् मे १५ मा ३० जनाको टोली रूस गइसकेको एजेन्सीले जनाएको छ । उक्त टोलीमा अधिकांश डाक्टरहरू रहेका बताइएको छ । एजेन्सीका अनुसार पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाउनुपर्ने भएकाले २४ दिनको प्याकेज बनाइएको हो ।