विश्वका सर्वाधिक धनाढ्य अर्बपति एलन मस्कले रचे नयाँ इतिहास — OSNepal

विश्वका सर्वाधिक धनाढ्य अर्बपति एलन मस्कले रचे नयाँ इतिहास

LC (KTM) September 16, 2021 0

काठमाडौ, ३१ भदौ- विश्वका सर्वाधिक धनाढ्य एलन मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले चार सर्वसाधरणलाई अन्तरिक्ष पठाएर अन्तरिक्ष विज्ञानको क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ । एरोस्पेस कम्पनीले इन्सपिरेसन–४ मिसनअन्तर्गत पहिलोपटक सर्वसाधरण सवार यात्रु दललाई अन्तरिक्षमा पठाउन सफल भएको हो ।

स्थानीय समयअनुसार बुधवार बिहान ५ बजेर ४८ मिनेटमा अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेंन्टरबाट सो मिसन सुरु भएको थियो । चारजना यात्री सवार फाल्कन ९ रकेट क्रु ड्रयागन क्याप्सुल बोकेर अन्तरिक्ष यात्राका लागि पृथ्वीबाट उडेको थियो ।

अमेरिकन अर्बपति व्यापारी जैरेड आईज्याकम्यानले अन्तरिक्ष यात्राको प्रायोजन गरेका हुन् । अन्तरिक्षमा जाने अन्य तीन जनाको नाम आईज्याकम्यान आफैले छनौट गरेका थिए । अन्तरिक्ष विज्ञका अनुसार सन् १९७२ पछि पृथ्वीबाट सबैभन्दा धेरै उचाईमा पुग्ने पहिलो मानव अभियान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर