नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले गरे माइतिघरमा प्रदर्शन — OSNepal

नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले गरे माइतिघरमा प्रदर्शन

LC (KTM) September 16, 2021 0

काठमाडौं ३१ भदौ । चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले आज बिहिबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

चिकित्साशास्त्र कोर्ष पूरा गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि विद्यार्थीहरु आज प्रदर्शनमा उत्रिएका हुन् ।
माइतीघरमा सहभागी सबैले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकी विरोध जनाइरहेका छन् ।

इन्टर्नसीपमा किन ढिला सुस्ती ?, अझै कति पर्खिने ?, १२ दिन भनी १-२ महिना कुरायौ अब कति कुराउँछौं ?, स्पष्टीकरण चाहियो, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । चिकित्सा शिक्षा आयोगले छिटोभन्दा छिटो इन्टर्नसीपको व्यवस्था गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीका समयमा चीनको वुहानबाट फर्केका नेपाली विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै धर्ना दिएका हुन् । यसअघि उनीहरुले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर