काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो — OSNepal

काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो

LC (KTM) September 16, 2021 0

टिस्टुङ, ३१ भदौ – गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ ।

पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो ।

ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उहाँको घटनास्थलमै मृत्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उहाँको भनाइ थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर