विकास विरोधी, कार्यकर्ता पाल्ने बजेट ल्याएको गठवन्धन सरकार जनविरोधी हो : रायमाझी — OSNepal

विकास विरोधी, कार्यकर्ता पाल्ने बजेट ल्याएको गठवन्धन सरकार जनविरोधी हो : रायमाझी

LC (KTM) September 16, 2021 0

काठमाडौं ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले यो संसदको औतिच्य नभएको भन्दै तत्काल निवार्चनमा जानुपर्ने बताएका छन् । आज बिहिबार बिहान एक कार्यक्रममा बोल्दै नेता रायमाझीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो अपवित्र र अराजनीतिक गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन भने बजेट होलिडे गरेको छ । अवरुद्ध संसद खुलाउन सकेको छैन । यस्तो अवस्थामा निर्वाचनमा जानुको विकल्प छैन । यो संसदको औचित्य सकिएको छ’ उनले भने ।

कार्यक्रममा उनले पार्टीले १४ सांसदलाई गरेको कारवाही बारे सभामुखले सुचना नटाँसरे ठुलो गल्ती गरेकोह बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफुहरुलाई कारवाही गर्दा एक दुई दिनमा नै सभामुखले सुचना टाँसेको बताएका उनले त्यही नजरमा एमालेमाथि सभामुखले पक्षपात गरेको उनले कार्यक्रममा आरोप लगाएका छन् ।

‘हामी राजनीतिक रुपमा नेकपामै छौं, कानुनी रुपमा एमालेमा छौं । पार्टी छान्ने स्वतन्त्रता छैन ? तर प्रचण्डले हामीमाथि कारबाही गर्नुभयो, सभामुखले एकडेढ दिनमै सूचना टाँस्नुभयो । तर त्यही नजिरमा सभामुखले पक्षपात गर्नुभयो । सभामुखको गलत क्रियाकलापको विरोध रहिरहन्छ, असहमति रहिरहन्छ ।’ कार्यक्रममा उनले अघि भने ।

विकास विरोधी, कार्यकर्ता पाल्ने बजेट ल्याएको गठवन्धन सरकार जनविरोधी भएको उनको दावी रहेकोम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर