सामाजिक अभियन्ता रानाभाटको संयोजकत्वमा भुकम्प पीडितलाई सहयोग — OSNepal

सामाजिक अभियन्ता रानाभाटको संयोजकत्वमा भुकम्प पीडितलाई सहयोग

LC (KTM) May 20, 2021 0

लेखनाथ- बेगनास युवा क्लवका निवर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता राम रानाभाटको संयोजकत्वमा बिहीवार लमजुङको मर्स्याङ्दी गांउपालिका ३ भुलभुलेका भुकम्प पीडित लाई ७८ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ। संयोजक रानाभाट संगै सुरेन्द्र कुमार पुन, दुर्गा प्रसाद अधिकारी, चित्र बहादुर गुरुङ, हरि नेपालि, बिक्रम गुरुङ, सुरज सुबेदी,रोशन खनाल, रन बहादुर थापा, महेश पौडेल, प्रकाश बराल, निराजन बराल, गजेन्द्र रानाभाट, बिश्व अधिकारी तथा राजन सापकोटाले आर्थिक सहयोग गरेका थिए।

त्यस्तै वेगनास युवा क्लव, बेगनासताल महिला समूह, बेगनास युवा राहत कोष, सिड फाउन्डेसन, वेगनास डुंगा व्यबयायी, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको संयुक्त पहलमा उक्त रकम संकलन गरिएको संयोजक रानाभाटले जानकारी दिनुभयो। मानवीय धर्म निभाउदै कोभिड संकटमा भुकम्पले पुर्‍याएको क्षति प्रती सहानुभूति प्रकट गर्दै उक्त सहयोग गरेको बेगनास युवा क्लवका पुर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारीले बताउनुभयो।

संकलित रकम लमजुङ जिल्ला प्रहरी प्रमुख गंगा बहादुर थापा तथा सामाजिक ब्यक्तित्व श्रीकृष्ण लामिछाने लाई बिहिवार नै हस्तान्तरण गरिएको बेगनास युवा क्लवका अध्यक्ष निराजन बरालले जनाकारी दिनुभयो। बुधबार बिहान लमजुङको मर्स्याङ्दी ३ भुलभुले केन्द्र बिन्दु बनाएर ५.८ रेक्टर स्केलको भुकम्पले घर भत्किदा विभिन्न स्थानका ४ जना भन्दा बढी घाईते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर