पार्टी फुट्नु आफैमा दुःखद् विषय हो तर म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन : भीम रावल — OSNepal

पार्टी फुट्नु आफैमा दुःखद् विषय हो तर म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन : भीम रावल

LC (KTM) September 16, 2021 0

काठमाडौं ३१ भदौ । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले आफु स्वार्थको लागि राजनीति गर्ने व्यक्ति नभएको बताएका छन् ।

आज बिहिबार गृह जिल्ला अछाम जान लागेका रावलले आफ्ना नेता तथा कार्यतकर्तासँग भेटघाटका क्रममा यस्तो बताएका हुन् । राजनीति गर्दा आफ्नो व्यक्तित्व विकास भएको भए पनि देश र जनतालाई शिरोपर गरेर आफूले राजनीति गरेको बताएका छन् ।

पार्टी फुट्नु आफैमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दश बुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागि परेको स्पष्ट पारेका छन् ।

आफुले पार्टी फुटाउन लागेको भन्ने विषयमा गलत भएको भन्दै पार्टी एकतालाई जोड दिनतर्फ अग्रसर भएको बताएका छ्न । उनले सबै नेता कार्यकर्तालाई पार्टी एकताको प्रक्रियालाई सशक्त बनाउन थप एकताको सन्देश दिन आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर