नारायण पोखरेल
खंड्गप्रसाद ओलि अंकल नमस्कार । सुरुमा प्रधानमन्त्रि भनेर संबोधन गरुंभने कतै सोर्सफोर्स लगाउनु पर्ने गन्ध ले बसिटिक्न दिदैन मलाई। किनकि मलाइ आज भन्नै पर्ने केहि कुरा छन् । प्रधानमन्त्रिमा पुन नियुक्त भएको छ । जनता बाचेपछि बधाई दिनेछु । किनकि मेरो मातृभुमि मेरो घर देश नेपालको अविभाबक तपाई पनि सोकमै हुनुहनन्छ भन्ने ठानेको छु । अहिले यो सबै लेख्दै गर्दा पनिमेरा आफन्त तिन जना र चिनजानका १२ जनाले कोरोनाकै कारण ज्यान गुमाई सक्नु भयको छ । दिनै पिच्छे कोरोना सर्ने र मर्नेकोसमाचार सुनि नसक्नु छ । राजनितिको रंगमन्चमा रमाउने हरु लाई किन लाग्दैन जनताले दु:ख पाईरहेका छन् भनेर ? तपाईका अनुसारबेड खालि छन् अक्सिजनको अभाब छैन । छैन भने हामिले किन आफन्त गुमाउनु पर्यो त ? तपाईसॅंग जवाफ छ ? हुन त हजुर रामायणकाअनुसार जवाफ दिनुहुन्छ ।त्यसले न मेरा आफन्त फर्कियलान न म जस्ता पिडितको चित्त बुझ्ने जवाफ आउला ।
प्रधानमन्त्री ज्यु , “मृत्युदर घट्दै छ संक्रमित घटिरहेका छन् अस्पतालका बेड खालि छन, अक्सिजन अभाव छैन ” तपाईको यो अभिब्यक्तिमा मेरो आपत्ति छ । तपाईको आखामा हामि जनता आकडामा सिमित भय पनि मेरो लागि मेरो परिवार सत प्रतिसत हो ।तपाईको लागि एक जना कोरोनाका करण मरेछ भन्ने हुन्छ होला तर त्यो एक जना त्यो परिवारको लागि १००% हो । सब थोक हो । त्योमृतक बाट आश्रित त्यो परिवार अब कसको भरमा बाच्ने । प्रदेश पस्नु घर परिवार सॅंग भेट्न नपाउनु घरदेश फर्कन मन लाग्दा पनि फर्कननसक्नु प्रदेशिका पिडा तपाई के बुझ्नु हुन्थ्यो र ! तैपनि सुनाउछु ।
प्रधानमन्त्री ज्यु , म मेरि आमा र बाबाका चिल्ला गालामा आंसुको मसिले खुसिको तमसुक लेखेर प्रदेशियको नेपाली हुं । त्यो खुसिकोरिण तिर्न मलाई अझै कति बर्ष लाग्छ थाहा छैन । तर तपाईलाई एउटा अनुरोध के छ भने म र मजस्तै प्रदेशियका नेपालीका घर परिवारकोरोनाका कारण छटपटाई रहेका छन । जतिबेला पनि जे सुकै हुन सक्छ । विभिन्न उतार चढाब पछि फेरि पनि प्रधानमन्रि बन्नु भयकोछ तपाईले चाहेमा आटेमा अझै पनि गर्न सकिने धेरै प्रयास बांकि नै छन। देशको सन्पुर्ण शक्ति कोरोना बिरुद्ध लड्नमा लगाउनुहोस् ।दातृराष्ट्रबाट पायका सहयोग सामाग्रि लिन तुरुन्तै जहाज पठाउनुहोस् । चिनले २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा गरेकोथियो (यो लेख लेख्दा को मितिसम्म )किन जम्मा ६ सय मात्र भित्रियो त ? दिन मै ४/५ वटा फ्लाईट पठाउन तपाईको आदेश खै ?
त्यसै गरिचिनमा रहेको नेपाली दूतावास को पहलमा २० लाख डोज खोपको फाइल स्वास्थ मन्त्रालय मा आएर रोकियको ७ दिन भो रे । किनयस्तो बेलामा पनि रोकेर राखेका होलान । तपाईको एक्सन खै ? राम्रो काममा खुरापाति गर्नेलाई ठाउको ठाउ हटायर जनताको ज्यानजोगाउने यो संबेदन सिल बिषयमा गम्बिर बन्नुहुन प्रदेश देखि आग्रह गर्दछु । बरु विभिन्न देशका राजदुताबास तथा कुटनैतिक क्षेत्रबाट पहलगरेर भय पनि स्वास्थ्य सामाग्री नेपाल भित्राउन कत्तिपनि ढिला नगर्नुस् । पिलिज ।
प्रधानमन्त्री ज्यु , मेरो आसुले लेखेको खुसिको तमसुक यतिबेला चाउरि परिसकेका छन् । म चाहेर पनि ति बिरामि आफन्त भेट्नलाइसक्दिन किनकि नेपाल एतिबेला हरेक देशको प्रतिबन्ध सुचिमा परिसकेको छ । तपाईको अबको संपुर्ण उपाय लगायर भयपनि हाम्राबाबा आमाको अकालमा ज्यान गुम्नबाट बचाईदिनुहोस् । चाउरियका गाला मुसार्दै ,खुसिलाई घरमै छोडेर खै कुन खुसि खोज्नप्रदेशियको थिय कुन्नि ? त्यो यात्राका कुरा बाबा आमालाई सुनाउनु छ । अगेनाको छेउमा बसेर आमाले पकायको खाना खादै बाबानचिनेका आफ्ना सन्तानसॅंग परिचय गर्नु छ । आफ्नै रगतलाई परिचय दिनु छ । आफन्तलाई र सबै नेपालीलाई प्रदेशमा हुदा छरछिमेकिर आफन्त गुमाउदाका अनुभव सुनाउदै आफन्तजनसंगै रमाउन सिकाउनु छ ।
अन्त्यमा प्रधानमन्त्री ज्यु
कोरोना रोग लाग्नु HIV एड्स लाग्नु हुदै होईन भन्ने बारे तपाई आफैले संसदबाटै बोल्दिनुस् । गांउघरमा कोरोना लागेका बिरामिलाईहेर्ने दृष्टिकोण र गर्ने ब्यबहार त्यस्तै ठ्याक्कै दुरुस्तै सुनिन्छ । कोरोना लागेर पनि सामाजिक तिरस्कार सहनुपर्ने डरले जानकारि नगराउदासमाजमा यो रोग भुषको आगो झै झनझन फैलिरहेको छ । धार्मिक परम्परा अनुसार दाहसंकार गर्न नपाउने डरले सामाजिक अभियन्ताबाटै ठुला गल्ति भैरहेका उदाहरण आंखा अगाडि देखियका छन । क्षति धेरै भैसक्यो अव त्यो फन्दा ठुलो क्षति हुन नदिन तपाईको संपुर्णक्षमता प्रयोग गर्नुस । प्रधानमन्त्रि ज्यु म प्रदेशबाट फर्कने समय सम्म मेरा बा आमा बचाईदिनुस् । प्रधानमन्त्रि ज्यु मेरि प्यारि श्रिमति मेराछोरा छोरि र आफन्त बचाईदिनुस् ।
धुर्कोट गाउँपालिका गुल्मीका पोखरेल हाल जापानमा छन् ।