एकाएक राष्ट्रपति भण्डारीलाई किन भेट्न गए ओली ? — OSNepal

एकाएक राष्ट्रपति भण्डारीलाई किन भेट्न गए ओली ?

LC (KTM) September 16, 2021 0

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट वार्ता गरेको बताइएको छ । ओली बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरी अबेर काठमाडौ फर्के पनि उनी बालकोट नगइ सिधै शितल निवास गएको बताइएको छ ।

एमाले अध्यक्ष ओलीले शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल गरेको बताइएको छ । यद्यपी यसबारेमा शीतलनिवास र बालकोट स्रोतले केही पनि सार्वजनिक गरेको छैन् ।

राष्ट्रपतिबारे ओलीको भेटवार्ताबारे राष्ट्रपति कार्यालयका कर्मचारी बोल्न चाहेनन् । भेटवार्ता नेकपा एमालेको आन्तरिक विषयमा केन्द्रित रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर