एमालेको टिप्पणी : खर्च व्यवस्थापनमा समस्या आउनुमा सरकार जिम्मेवार — OSNepal

एमालेको टिप्पणी : खर्च व्यवस्थापनमा समस्या आउनुमा सरकार जिम्मेवार

LC (KTM) September 16, 2021 0

काठमाडौँ – नेकपा (एमाले) ले मुलुकमा बजेटको रिक्तता भई राज्यको खर्च व्यवस्थापनमा समस्या उत्पन्न हुनुमा सरकार जिम्मेवार भएको टिप्पणी गरेको छ ।

संवैधानिक र कानूनी व्यवस्थाअनुरूप बजेट अध्यादेशलाई संसद्मा प्रस्तुत गरी पारित नगरेर सरकारले अघिल्लो सरकारमाथि पूर्वाग्रह राखेकाले समस्या उत्पन्न भएको एमालेका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सभामुख र सरकारको व्यवहार भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षको माग पूरा गरेर सदन चलाउन आग्रह गरिएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर