आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भावना — OSNepal

आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भावना

LC (KTM) September 16, 2021 0

काठमाडौं, ३१ भदौ- आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

बिहीबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । शुक्रबार लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। शनिबार पनि मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर