माधव नेपाललाई बुटवल पुगेर एमाले अध्यक्ष ओलीले गरे यस्तो गाली — OSNepal

माधव नेपाललाई बुटवल पुगेर एमाले अध्यक्ष ओलीले गरे यस्तो गाली

LC (KTM) September 15, 2021 0

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माधव कुमार नेपाल संग फेरी खनिएका छन् । बुटवलमा आज आयोजित रूपन्देही जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपाल प्रति खनिएका हुन् ।

उनले एमाले फुटेको नभएर पिलो निचोरिएको भन्दै नेपाल प्रति कटाक्ष प्रहार गरेका थिए । उनले पाकेको पिलो निचोरिँदैमा शरीरको तौल नै नघट्ने दाबी गरे । उनले पार्टी भित्रका ऐजेरु तथा पार्टीविरोधी तत्त्वहरू छुटिएर जाँदा एमालेलाई पिलो निचोरेको जस्तो मात्र हुने बताए ।

उनले माधब नेपाललाई फोहोरको पछि लाग्ने झिंगाको संज्ञा दिएका छन् । आफ्ना कार्यकर्ताहरुलाई फकाउँदै उनले मौरीको पछि लागे फूलबारीमा पुग्ने कि झिंगाको पछि लागेर फोहोरको डुंगुरमा पुग्ने आफ्नो हातमा रहेको बताए ।

उनले नेपालको पछि नलाग्न पनि आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरे । उनले सरकारको पनि आलोचना गरे । उनले सरकार संग एक कप चिया खाने पैसा नरहेको बताउँदै सरकार हो कि बुख्याचा भन्दै प्रश्न गरे । अहिलेको सरकार बजेट पारित गर्न नसकेर बेखर्ची हुने अवस्था ल्याएकाले हुती नभएको सरकार भन्दै आक्रोश पोखे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर