उज्वेकिस्तानमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ — OSNepal

उज्वेकिस्तानमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ

LC (KTM) September 15, 2021 0

एएफसी महिला एसियन कप २०२२ छनोटका लागि उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी र अफिसियलको कोरोना रिपोर्ट आएको छ । उनीहरु सबैको रिर्पाेट नेगेटिभ आएको छ।

उज्वेकिस्तान पुगेपछि उनीहरु सबैको पीसीआर परिक्षण गरिएको थियो । परिक्षण गरिएका सबै खेलाडी तथा अफिसियलहरुको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । सबैको रिपोर्ट नेगेटिभ आए संगै अब नेपाली टिमले प्रशिक्षण थाल्ने बताइएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोट खेलमा नेपाल समुह एफ मा रहेको छ । यो समुहमा बलियो टोली फिलिपिन्स र हङकङ पनि रहेको छ । नेपालले आफ्नो खेल फिलिपिन्ससँग खेल्दै सुरुवात गर्नेछ ।

नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुने एन्फाले जनाएको छ । फिलिपिन्स पछि नेपालले आफ्नो दोस्रो खेलमा हङकङ संग प्रतिष्पर्धा गर्नेछ । हङकङ संग नेपालले असोज ५ गते खेल्ने छ ।समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर