नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य होमप्रकाश अधिकारी र छोरी अर्चनाले आफ्नो जन्मोत्सवको अवसर पारी बुधबार पत्रकार सहारा उपचार कोषलाई १५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
अधिकारी बुवाछोरीले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गरेका हुन् । पूर्वाञ्चल दैनिकका कार्यकारी व्यवस्थापक समेत रहेका झापा अर्जुनधारा निवासी अधिकारी दुई दशक भन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् ।
छोरी अर्चना बिर्तामोड आँखा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।
कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।