कोरोनाले श्रीमती बितेको केही दिन नबित्दै श्रीमान तेजेन्द्रसिंहले पनि गुमाए ज्यान, टुहुरा बने ३ सन्तान — OSNepal

कोरोनाले श्रीमती बितेको केही दिन नबित्दै श्रीमान तेजेन्द्रसिंहले पनि गुमाए ज्यान, टुहुरा बने ३ सन्तान

LC (KTM) May 20, 2021 0

काठमाडौं-कोरोना संक्रमणबाट उद्योगी तथा व्यवसायी तेजेन्द्रसिंह खड्का दम्पतीको निधन भएको छ । केही हप्ताअघि कोरोना संक्रमणको कारण श्रीमती गुमाएका तेजेन्द्रको आज उपचारका क्रममा निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचाररत उद्योगी खड्काको विहीबार निधन भएको हो । खड्का दम्पतीककै कोरोनाका कारण निधन भएपछि परिवारमा सन्नाटा छाएको छ ।

उनका २ छोरा र १ छोरी गरेर तीन सन्तान रहेका छन् । ५३ वर्षीय खड्का एक महिनाअघि देखि मेडिसिटीमा उपचाररत थिए । केही दिनअघि संक्रमणमुक्त भएपछि भेन्टिलेटरबाट निकालेपनि फेरि अस्वस्थ भएपछि खड्कालाई पुनः भन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।आज देशभर कोरोना कारण १९० जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर