अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै — OSNepal

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै

LC (KTM) September 15, 2021 0

बिराटनगर ३० भदौ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने भएका छ । आज बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो । सोही दिन आचार्यले विश्वासको मत लिने भएका हुन् ।

एमाले विभाजन भएपछि अल्पमतमा परेको प्रदेश १ को सरकारलाई अब सरकार टिकाउन ४७ मत आवश्यक रहेको छ । तर प्रदेश १मा एमालेका जम्मा ४१ सांसद रहेका छन् ।

कुल ९२ सांसद रहेको प्रदेश १मा एमाले विभाजन भएपछि प्रदेशका १० जना सांसदले माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर