सन्दिप लामिछाने एकदिवसीय क्रिकेटको बरियतामा पर्न सफल — OSNepal

सन्दिप लामिछाने एकदिवसीय क्रिकेटको बरियतामा पर्न सफल

LC (KTM) September 15, 2021 0

नेपाल पछिल्लो समय क्रिकेट खेल्नमा ब्यस्त रहेको छ । कोरोनाको महामारीका कारण प्राय ठप्प जतिकै रहेको नेपालको क्रिकेट यतिबेला जुरमुराएको छ । दुई दन अघि मात्र नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो भने ओमान संग पराजित भएको थियो ।

क्रिकेटमा नेपाल बौरि रहेको बेला नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा अटाउन सफल भएका छन् । आईसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप बलिङ वरीयताको ९१ औं स्थानमा अटाउन सफल भएका हुन् ।

सन्दीप पहिलो पटक एकदिवसीयको शीर्ष १०० को वरीयतामा अटाउन सफल भएका हुन् । उनी यस अघि एक दिवसीय बरीयतामा अटाएका थिएनन् । उनले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा १२ खेल खेलिसकेका छन् ।

उनले यही १२ खेलका दौरानमा ३३ विकेट लिईसकेका छन् । सन्दीपको बरियता भने टी ट्वान्टीमा खस्किएको छ । उनी ८१ औं स्थानमा झरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर