बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यती सम्म पनि गर्न सकेन : ओली — OSNepal

बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यती सम्म पनि गर्न सकेन : ओली

LC (KTM) September 15, 2021 0

बुटवल ३० भदौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले विकासका काम देख्न नसकेको बताएका छन् ।

ओलीले आफु नेतृत्वको तत्कालिन सरकारले गरेको विकासको काम बाट वर्तमान सरकार आत्तिएको भन्दै यस्तो टिप्पणी गरेका हुन् । कांग्रेस नेतृत्वको सरकार बुख्याँचा भएको भन्दै बुख्याँचाले जस्तो बाली खान आउनेलाई तर्साउँन समेत नसकेको आलोचना गरेका छन् ।

‘यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेजी गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छ,’हामीले शिलान्यास गरेका सडक, स्वास्थ्यजस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको छ ’ ओलीले भने ।

मन्त्रिपरिषद् विस्तार नभएको भन्दै उनले बुटवलमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै भने, ‘हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो,हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियो । तर अहिले हेर्नुस् त दुई महिना भयो मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर