प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? — OSNepal

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

LC (KTM) September 15, 2021 0

विराटनगर, ३० भदौ । प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

दुई मन्त्री र तीन राज्यमन्त्री थपिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरिएको छ ।

यसैगरी, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीलाई नियुक्त गरिएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई सपथ खुवाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर