काठमाडौं ३० भदौ । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले संविधान दिवसको दिन विरोध गर्ने भएको छ ।
यही असोज ३ गते मनाइने संविधान दिवसका दिन अध्यक्ष महन्थ ठाकुर रहेको लोसपाले विरोध जनाउने भएको हो । देशभरका जिल्ला संयोजकहरूलाई आन्तरिक सर्कुलर गर्दै विरोधका कार्यक्रम गर्न दिइएको छ ।
अध्यक्ष ठाकुरले एक परिपत्रमा मार्फत संविधानमा असहमति राखेर विरोध गर्न लागेको उल्लेख गरेका छन् ।