देशभर १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि हुँदा भक्तपुरमा मात्र ६३ जनामा संक्रमण पुष्टि — OSNepal

देशभर १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि हुँदा भक्तपुरमा मात्र ६३ जनामा संक्रमण पुष्टि

LC (KTM) September 15, 2021 0

काठमाडौँ ३० भदौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३३२ जना र ४ हजार ३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १ हजार ७६० जनामा संक्रमण भएको छ ।

त्यसैगरी आज पछिल्लो २४ घण्टा १ हजार १२० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । साथै आज थप सात कोरोना संक्रमतिको ज्यान गएको छ ।

यसैगरी संक्रमित मध्ये काठमाडौं उपत्यकामा ४९५ जना रहेका छन् । जसमा काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रममितको पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर