एमाले विभाजन भएर हामी पछारिएका छौं, घाइते भएका छौ : घनश्याम भुसाल — OSNepal

एमाले विभाजन भएर हामी पछारिएका छौं, घाइते भएका छौ : घनश्याम भुसाल

LC (KTM) September 15, 2021 0

बुटवल ३० भदौ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजन भएपछि आफुहरु पछारिएको बताएका छन् ।

आज बुधबार रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भुसालले पार्टी विभाजनले एमाले घाइते भएको भन्दै यस्तो बताएका हुन् ।

पार्टी विभाजनको विषयमा समीक्षा हुनुपर्ने बताएका उनले सम्बोधनमा भने , ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं ।’

पार्टीभित्र र बाहिर दलाल पूँजीवादविरुद्ध लड्नुपर्ने खाँचो औल्याउँदै पार्टीको २०७४ सालको वर्चस्व अगामी चुनावमा फर्काउने दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर